मेस्सीको दुई गोलमा इन्टक मियामीको विजयी सुरुवात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीको दुई गोलमा इन्टक मियामीको विजयी सुरुवात

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८३, बिहीबार

    काठमाडौ, २० साउन । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले लिग्स कप २०२६ को पहिलो खेलमा मेक्सिकोको एट्लेटिको सान लुइसलाई ४–२ ले पराजित गरेको छ।

    मियामीस्थित नु स्टेडियममा भएको खेलमा सान लुइसले चौथो मिनेटमै डेभिड रोड्रिगेजमार्फत अग्रता लिए पनि त्यसपछि इन्टर मियामीले लगातार चार गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। मेस्सीले ११औँ र ४४औँ मिनेटमा दुई गोल गरे भने तेलास्को सेगोभियाले २६औँ र मिकाएलले पहिलो हाफको इन्जुरी समयमा थप एक गोल गरे। दोस्रो हाफको ५१औँ मिनेटमा राफा लोरेन्तेले सान लुइसका लागि अर्को गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन।