व्यासमा थपिए चार कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा थपिए चार कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा बिहीबार चार जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका तीन महिला र एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास–१ का २०, व्यास–३ का ३८, व्यास–४ का ३५ वर्षीया महिला र व्यास–१० का ३३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणबाट सङ्क्रमित पहिचान भएका हुन् ।