सडक सञ्जालमा जोडियो किसेदी गाउँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सडक सञ्जालमा जोडियो किसेदी गाउँ

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    दुलेगाैडा: तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न हिँड्नु बाहेक अर्को विकल्प थिएन । गाउँसम्म पुग्नका लागि पैदलमार्ग बाहेक बाटो नभएका कारण करीब ४५ मिनेटको समय हिँड्नुपर्ने बाध्यता थियो । अब भने यहाँका सर्वसाधारणलाई सहज भएको छ । उक्त गाउँ पहिलो पटक सडक सञ्जालमा जोडिएको छ ।

    वडा कार्यालयले गाउँसम्म पुग्नका लागि सडक खनेर सकेको छ । वडा कार्यालयको रु चार लाख र स्थानीयवासीको रु ५० हजार गरी रु चार लाख ५० हजारको लागतमा सडक खन्ने काम सम्पन्न भएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार तिहार अगाडीबाट काम शुरु भएको थियो । उक्त सडकको दूरी एक हजार पाँच सय मिटर छ । किसेदी गाउँका स्थानीय सडक सञ्जाल जोडिएपछि खुशी भएका छन् ।