तनहुँ : तनहुँको व्यास नगरपालिका-८ का सदस्य युवराज गुरुङले जन्मदिनको अवसरमा व्यास-१० वैरेनीस्थित उज्ज्यालो घरमा सहयोग गर्नुभएको छ । व्यास-४ स्थित व्यास युवा क्लवका अध्यक्ष मिनबहादुर गुरुङको पहलमा वडा सदस्य गुरुङले उज्ज्यालो घरलाई रु सात हजार पॉच सय पॉच सहयोग गर्नुभएको हो ।
उक्त रकम शुक्रबार गुरुङले उज्ज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई हस्तान्तरण गर्नुभयो । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा सामाजिक सेवामा सहयोग गर्न पाउँदा खुशी लागेको गुरुङले बताउनुभयो ।
गुरुङ तरुण दल तनहुँका सदस्य समेत हुनुहुन्छ ।