निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, वरिष्ठ नेता पौडेल प्रहरी कार्यालयमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, वरिष्ठ नेता पौडेल प्रहरी कार्यालयमा

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको दमौलीमा बुधबार दिउँसो प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडी बढ्न खोजेपछि झडप भएको हो ।

    बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतका काङ्ग्रेस कार्यकर्ताको टोली अगाडी बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरी केही सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । प्रहीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई उक्त ठाउँबाट सुरक्षित रुपमा प्रहरी कार्यालय भित्र ल्याएर राखेको छ ।

    पूर्वाधार निर्माण कार्यालय मार्फत् सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै आजै बिहान राष्ट्रिय युवा सङ्घले विरोधको कार्यक्रम गरेको थियो । लगत्तै झडप हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै प्रशासनले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।