छुट भएका बाढीपीडितलाई गाउँपालिकाको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    छुट भएका बाढीपीडितलाई गाउँपालिकाको राहत

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले राहत लिन छुट भएका बाढीपीडितलाई बिहीबार राहत रकम प्रदान गरेको छ । गत असार साउनमा आएको वर्षापछि घर भत्किएका पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष मायादेवी राना, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पीडितलाई जनही रु पाँच हजारका दरले नगद र जिन्सी सामग्री वितरण गर्नुभएको छ । राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष रानाले गाउँपालिकावासीको पीडामा मलम लगाउन गाउँपालिका सदैव क्रियाशील रहेको बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पहिला छुट भएका ३० जनालाई राहत वितरण गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले हालसम्म ८५ जना पीडितलाई यसअगाडी राहत वितरण गरिसकेको छ । “बाढीपीडितको क्षतिको विवरण सङ्कलन सहित यस अगाडी पनि पटक पटक चरणमा राहत वितरण भइसकेको छ,” उहाँले भन्नुभयो, “छुट भएकाको विवरण वडामार्फत् प्राप्त भएपछि उहाँहरुलाई पनि राहत वितरण ग¥यौ ।”