खबरपुञ्ज डटकमको प्रधान सम्पादकमा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खबरपुञ्ज डटकमको प्रधान सम्पादकमा पौडेल

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : खबरपुञ्ज डटकमको प्रधान सम्पादकमा प्रेमप्रसाद पौडेल नियुक्त हुनुभएको छ । खबरपुञ्ज मिडिया हाउस प्रालिको बिहीबार बसेको बैठकले डटकमको प्रधान सम्पादकमा पौडेललाई नियुक्त गरेको हो ।

    विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील पौडेललाई अनलाइनको प्रधान सम्पादकमा नियुक्त गरिएको मिडिया हाउस प्रालिका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिनुभयो । पौडेलको नेतृत्वमा अनलाइनले सफलता हासिल गर्ने पनेरुले विश्वास व्यक्त गर्नुभयो ।

    विसं २०५४ सालबाट हाम्रो संकल्प साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएका पौडलले पोखरा हटलाइन, लोकवाणी दैनिकमा काम गरिसक्नुभएको छ । पौडेल नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।