तनहुँ : सत्तारुढ नेपाल कम्युनिष्ट कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य आशा कोइरालाले संसद विघटन गर्ने निर्णय प्रतिगामी कदम भएको बताउनुभएको छ । आइतबार शुक्लागण्डकी नगरपालिकास्थित एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले प्रधानमन्त्रीको उक्त कदमको विरोध गर्दै प्रधानमन्त्रीले आफ्नो खुट्टामा आफै बन्चरो हानेको टिप्पणी गर्नुभयो ।
“इतिहासलाई प्रतिगमनतिर धकेल्ने निर्णय भएको छ,” उहॉले भन्नुभयो, “उक्त निर्णय स्वीकृत भए समग्र नेपालीका लागि कुठाराघात हुनेछ ।” नेतृ कोइरालाले समृद्ध मुलुक निर्माणका लागि उक्त प्रस्ताव फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो ।