विद्यार्थीलाई न्यानो कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विद्यार्थीलाई न्यानो कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७७, आईतवार

    तनहुँ : व्यास नगरपालिका-१२ भड्खाला स्थित मत्स्यकन्या आधारभूत विद्यालयका भुजेल समुदायका विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएकाे छ । केन्द्रीय भुजेल विद्यार्थी मञ्चद्वारा आइतबार विद्यालयका ४६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा सहित झोला वितरण गरिएको हो ।

    No description available.

    कार्यक्रममा भुजेल समाज सेवा समिति केन्द्रीय सचिव एवं सांस्कृतिक विभागका प्रमुख विमल जिसीले पहुँचको कारणले भुजेल समुदाय पछाडी रहेको बताउँदै जाडोको समयमा यस कार्यले केही टेवा पुग्ने धारणा व्यक्त गर्नुभयाे । वडा अध्यक्ष तोत्रबहादुर कुवंरले भुजेल समुदायको बढी बसोबास रहेको वडा हुनाले संस्कृती र भाषा संरक्षणका लागि वडाले प्रयास गरेकाे बताउनुभयाे ।

    No description available.

    समितिमा भएका सदस्यहरुले आफ्नो जन्म दिनमा हुने फजुल खर्चलाई जोगाएर खडा गरिएको कोषबाट विद्यार्थीलाई सहयाेग गरिएकाे अध्यक्ष ज्ञानु भुजेलले जानकारी दिनुभयाे । उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, भुजेल समाज सेवाका केन्द्रीय सदस्य कमलबहादुर भुजेल, भुजेल चलचित्रकर्मी सङ्घका अध्यक्ष कमल भुजेल लगायतकाे उपस्थिति थियाे ।