सांसदहरूसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसदहरूसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ । 

    बिहान ९ बजे बालुवाटारमा छलफल तय गरिएको छ । संसद् विघटन भइसकेपछि छलफलका लागि प्रधानमन्त्रीले सांसदहरूलाई बोलाउनुभएको हो ।

    छलफलमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने बताइएकाे छ। यता दाहाल-नेपाल पक्षले पनि सांसद्हरूसँग छलफल गर्दैछ।