कांग्रेसले बोलायो सर्वदलीय बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसले बोलायो सर्वदलीय बैठक

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

    दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

    संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ । कांग्रेसका नेताहरुले पनि ओलीको कदमको विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।