तीन वर्षीया बालिका सहित थपिए १२ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन वर्षीया बालिका सहित थपिए १२ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँमा सोमबार १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, भीमाद, देवघाटमा सङ्क्रमित थपिएका हुन् । थपिनेमा तीन वर्षीया बालिका पनि छन् ।

    शु्क्लागण्डकी-१० की ७३ वर्षीया महिला, शुक्लागण्डकी-३ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी-४ की २९, ३५ वर्षीया महिला, शुक्लागण्डकी-५ की २३ वर्षीया महिला, २६,३४ वर्षीय पुरुष, शुक्लागण्डकी-८ की २० वर्षीया महिला र ३ वर्षीया बालिकामा सङ्क्रमण पुष्टि भएको छ ।

    भीमाद-६ का २० वर्षीया महिला, २१ वर्षीय पुरुष, देवघाट-५ का ५६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।