क्यामिन स्टार कपको उपाधि टाइगरल्याण्डलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्यामिन स्टार कपको उपाधि टाइगरल्याण्डलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिका–९ स्थित क्यामिन स्टार युवा क्लवले आयोजना गरेको क्यामिन स्टार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि टाइगर ल्याण्ड युवा क्लवले जितेको छ ।

    बिहीबार भएको फाइनल खेलमा समली युवा क्लवलाई पराजित गर्दै टाइगरल्याण्डले उपाधि जितेको हो । खेलमा टाइगरल्याण्डको तर्फबाट तीन र समालीको तर्फबाट दुई गोल भएको थियो ।

    प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार र उपविजेताले रु २५ हजार प्राप्त गरेको छ । विजेतालाई व्यास ९ का वडाध्यक्ष सुरेश थापाले पुरस्कार वितरण गर्नुभयो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी समली युवा क्लवका सुमन श्रेष्ठ, उत्कृष्ट गोलरक्षक टाइगरल्याण्डका अमिन रानाभाट र सर्वाधिक गोलकर्ता कृष्ण थापा घोषित हुनुभयो । पुस १० गतेदेखि शुरु प्रतियोगितामा २१ टिमको सहभागिता थियो ।