बन्दीपुरमा डिजिटल नागरिक बडापत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा डिजिटल नागरिक बडापत्र

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे जनतालाई सहज रुपमा जानकारी दिने उद्देश्यले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको हो ।

    डिजिटल नागरिक बडापत्रको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले बडापत्रलाई डिजिटल बनाइएको जानकारी दिनुभयो । डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधा लगायत विविध विषय समेटिएको छ । गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले डिजिटल नागरिक बडापत्रले जनतालाई सहज हुने बताउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले डिजिटल नागरिक बडापत्रबाट सेवाग्राहीले सेवा प्रवाह सम्बन्धमा जानकारी प्राप्त गर्नुका साथै गुनासो समेत राख्न सक्ने बताउनुभयो ।

    डिजिटल बडापत्रमा प्रत्येक वडा कार्यालयबाट प्रवाह गरिने सेवा, गाउँपालिका तथा वडाका कर्मचारीको विवरण पनि समेटिएको छ ।