योग दिवस शुक्लागण्डकीमा ४ दिनसम्म मनाईने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    योग दिवस शुक्लागण्डकीमा ४ दिनसम्म मनाईने

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७७, शनिबार

    दुलेगौँडा : शुक्लागण्डकीमा राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । माघ १ गते राष्ट्रिय योग दिवस पर्दछ । पुस २७ देखि माघ १ गतेसम्म पतञ्जली योग समिति शुक्लागण्डकीको आयोजना विभिन्न कार्यक्रम हुने पतञ्जली युवा समिति तनहुँका अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिनुभयो ।

    उहॉका अनुसार पुस २७ गते नगरका छब्दी मावी छब्दी, आधारभुत मावी साँखे, महेन्द्र मावी हटिया, २८ गते जनप्रेमी मावी फिरफिरे, तालबेसी मावी घारी र हंशवाहिनी मावी एक्लेखेतमा विद्यार्थी र शिक्षकलाई योग शिक्षाको बारेमा जानकारी गराईनेछ ।


    २९ गते दुलेगौँडाको विपीचोकमा रक्तदान कार्यक्रम र माघ १ गते प्रभातफेरी सहितको कार्यक्रम हुनेछ । पछिल्लो समय शुक्लागण्डकीमा योग अभ्यास गर्नेको संख्या बढ्दो छ । तस्बिर ः गुगल