काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने हुनुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन्।
ओलीले वैशाखमा चुनाव घोषणा गर्दै संसद भंग गर्नुभएकाे थियाे । पुष ५ मा संसद विघटन गरेपछि ओलीले आज पहिलोपटक राष्ट्रिय सभामा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।