शुक्लागण्डकीकै लगानीमा पुल निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीकै लगानीमा पुल निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, मंगलवार

    तनहुँ : शुक्लागण्डकी नगरपालिका आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी–२ र १ नम्बर वडालाई जोड्नेगरी गुबे खोलामा पक्की मोटरेबल पुल बनाउनलाई नगरपालिकाले शुरु गरेको छ ।


    साविकको थप्रेक गाविस बासीलाई वडाको केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उदेश्यले निर्माण गर्न लागिएको पक्की मोटरेबल पुलको शिलान्यास गरिएको छ । शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाईली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी लगायतले संयुक्त रुपमा पुलको शिलन्यास गर्नुभयो ।


    नगरबासीलाई आधारभूत सेवा र सुविधा उपलब्ध गराउन लागिपरेको नगर प्रमुख गुरुङले बताउनुभयो । उहॉले भन्नुभयो, ‘सडक कालोपत्रे भएर पुल बनेर मात्र त समृद्धि आउनेवाला छैन् । तैपनि नभई हुँदैन, समृद्धिका लागी उत्पादनसँग जोडिनै पर्छ ।’ कृषि र पशुपालनमा लागेर आर्थिक समृद्धिसँगै बसाईसराई रोक्न सकिने उहॉको भनाई थियो । पुल बनेपछि थप्रेकबासीले उत्पादन गरेको कृषि उपज बजारमा पु¥याउन सहज हुने नगरप्रमुख गुरुङले बताउनुभयो ।


    उपप्रमुख रसाईलीले जनताको पीडाबोध गरेर नगरले आफ्नै लगानीमा पुल निर्माण थालेको बताउनुभयो । उहॉले नगर क्षेत्रमै पनि भौगोलिक विकटताका कारण विकासको क्रमलाई अगाडी बढाउन समस्या भएको उल्लेख गर्नुभयो ।


    नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार यहाँ सिंगल स्पिानको आर्क डिजाइनमा पुल बन्नेछ । उहॉका अनुसार पुल २० मिटर लामो र ६ मिटर चौडा हुनेछ । आगामी जेठ मसान्तसम्म पुल निर्माण सक्नेगरी बबुल अब्जल खान जेभी स्याङजाले एक करोड ४७ लाख ४८ हजार ७ सय ७१ रुपैयाँमा ठेक्का लिएको हो । पुल निर्माण गर्न नरपालिकाले गत आर्थिक बर्षमा ६० लाख रुपैयाँ र चालु आर्थिक बर्षमा ९० लाख रुपैयाँ विनियोजन भएको भट्टराईले बताउनुभयो ।


    गुबे खोलामा पुल नहुदाँ थप्रेकबासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको लालध्वज मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताउनुभयो । उहॉले आफूहरु पुल निर्माण गर्नलाई शिलान्यास हुदाँ पनि हर्षित भएको सुनाउँदै भन्नुभयो, ‘काममा ढिलासुस्ती नहोस् । आगामी बर्खामा पुल तरेर हिँड्न पाईयोस् ।’