यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    एजेन्सी: यहाँ हामी संसारका खतरनाक सडकको चर्चा गर्दैछौं । यी सडकबाट गुज्रिँदा मुटुको ढुकढुकी बढ्छ । रोमाञ्च मन पराउने मानिसलाई यी सडकहरू पर्फेक्ट छन् । 

    स्किपर्स क्यान्यन रोड, न्युजील्यान्ड
    घुमाउरो रूटका लागि प्रसिद्ध यो सडकमा ड्राइभिङका लागि विशेष अनुमति लिनुपर्छ । यहाँ गाडी चलाउनु अत्यन्तै खतरनाक छ ।

    गुओलियाङ सुरुङ मार्ग, चीन
    ग्रामीण इलाकाहरूलाई शहरलाई जोड्ने सडक देखेर सासै फुल्छ । यसलाई चीनको सबभन्दा खतरनाक सडक मानिन्छ । 

    तिरुपति मन्दिर रोड, भारत
    तीन हजार २०० फीटको उचाइँमा रहेको तिरुमला पहाडमा बनेको बाटो खतरनाक मानिन्छ । यी घुमाउरा सडकहरूमा हिँड्नु रोमाञ्चक अनुभव हुन्छ ।