कालिका टोलमा एकतर्फी पार्किङ शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कालिका टोलमा एकतर्फी पार्किङ शुरु

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–२ स्थित कालिका टोलमा सोमबारदेखि एकतर्फी पार्किङ शुरु गरिएको छ । जथाभावी सवारी पार्किङ गरिदिँदा समस्या भएपछि कालिका टोल विकास संस्थाले एकतर्फी पार्किङको शुरुवात गरेको हो ।

    दुवैतर्फ जथाभावी रुपमा सवारी रोकिदिँदा दुर्घटनाको जोखिम बढेको र टोलको सौन्दर्यता पनि हराउँदै गएकाले पार्किङ व्यवस्थापनका लागि पहल गरिएको संस्थाका अध्यक्ष इमकुमार मल्लले जानकारी दिनुभयो ।

    No description available.

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले बजार क्षेत्रको पार्किङ व्यवस्थापनका लागि सकारात्मक काम गरिरहेकाले त्यसैलाई सहयोग पुग्ने उद्देश्य स्वरुप टोलले सङ्केत सामग्री समेत हस्तान्तरण गरेको सचिव दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्ष मल्ल, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ लगायतले ट्राफिक प्रमुख रेशम रानाभाटलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । संस्थाले १२ थान सङ्केत सामग्री हस्तान्तरण गरेको छ ।

    बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि नगरवासीको राम्रो साथ प्राप्त भएकाले काम गर्ने हौसला बढेको ट्राफिक प्रमुख रानाभाटले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ (राकु), टोलका निवर्तमान अध्यक्ष रजक मियाँ लगायतले ट्राफिक व्यवस्थापनका लागि सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।