प्रचण्ड–नेपाल पक्षको सभामा दर्जनभन्दा बढी वक्ता, झाँक्रीसहित तीन महिलाले सम्बोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्ड–नेपाल पक्षको सभामा दर्जनभन्दा बढी वक्ता, झाँक्रीसहित तीन महिलाले सम्बोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७७, बुधबार

    काठमाडाै : प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) समूहले बुधवार काठमाडौंमा विरोध सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा मध्याह्न हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।

    सभालाई सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका अलावा महिला, मधेशी र जनजातिले समावेशी प्रतिनिधित्वको आधारमा सभालाई सम्बोधन गर्ने भएका छन् ।

    सभालाई अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघुजी पन्त लगायतले सम्बोधन गर्दैछन् ।