गोरखा : नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले निष्कासित गरेको छ । संगठनको सिद्धान्त, आदर्श र भावना विपरीत काम गरेकाले थापालाई निष्कासित गरिएको तरुण दलले सार्वजनिक गरेको विज्ञप्तीमा जनाइएको छ ।
उनीमाथि संगठन निर्माण कार्यमा सक्रिय नभएको, जिल्लाको नियमित सांगठिनक प्रक्रियामा सहभागी नभएको, केन्द्रबाट गरिएको नीति निर्देशन पालना नगरेको, दलको केन्द्रीय समितिका जिल्लाको सांगठनिक गतिविधिको बारेमा जानकारी नगराएको जस्ता आरोप लगाइएको छ ।
तत्कालिन नेकपा एमाओवादीबाट काङ्ग्रेसमा प्रवेश गरेका थापा निस्क्रिय भएपछि यसअघि नै तरुण दल गोरखाको कार्यबाहक अध्यक्षको कार्यभार आनन्द गुरुङले सम्हाल्दै आएका थिए ।