तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरे घर भई हाल पोखरा बस्ने युवराज गुरुङ लागुऔषध सहित आइतबार पक्राउ परेका छन्। भैरहवाबाट पोखरा जॉदै गरेको लु१ख ८५५३ नम्बरको बसलाई चेकजॉच गर्ने क्रममा हाल पोखरा-११ फूलबारी बस्ने २७ वर्षीय गुरुङ लागुऔषध सहित पक्राउ परेका हुन् ।
प्रहरीले निजको साथबाट अबैध लागुऔषध नुरफिन थान-७२, फेनरागन थान-७२ र डाईजापाम थान-७२ गरी जम्मा २१६ थान बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।