‘एकजुट भएर खबरदारी गरौ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ‘एकजुट भएर खबरदारी गरौ’

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    दुलेगौँडा : नेपाली कांग्रेसभित्र रहेको अलोकतान्त्रिक गतिविधिलाई तरुण युवाहरु एकजुट भएर खबरदारी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल शुक्लागण्डकी नगरपालिका–४ वडा कमिटिले नयाँ वर्ष २०७८ को अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले तरुण दल पार्टीको खम्बा भएको बताएका हुन् । पार्टीको विधी र विधान विपरित काम गर्ने नेतृत्वलाई खबरदारी गर्दै एकताको सन्देश फैलाउनुपर्ने वक्ताहरुको भनाई छ ।


    नेपाली कांग्रेस तनहुँका कार्यवाहाक सभापति जितप्रकाश आलेले व्यक्ति धनी हुने, कमिसन खाने शासन प्रणालीलाई वर्तमान कम्युनिष्ट सरकारले अवलम्बन गरेको आरोप लगाउनुभयो । उहाँले विधिकाे शासन चल्नुपर्ने बताउनुभयो । आलेले कांग्रेस सरकारमा हुदाँ अहिलेको जस्तो ब्रह्मलुट नभएको दाबी गर्नुभयो ।

    जिल्ला प्रवक्ता महेश्वर भट्टराईले कांग्रेसले मेलमिलाप र एकतालाई टुटाउन नहुने बताउनुभयो । मेलमिलाप र एकताले चुनावमा बल पुर्याउने उहाँको भनाई छ ।

    क्षेत्रीय सभापति एवम शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले देश र पार्टीलाई आवश्यक परे तरुणले रगत समेत दिन पछाडी नपर्ने बताउनुभयो ।

    तरुण दल वडा कमिटीका अध्यक्ष आयुष बरालको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि चुडामणि खनाल, मिलन आले, जिल्ला सदस्य भक्त श्रेष्ठ, याम खाँण, रस्सा गुरुङ, तरुण दल तनहुँका सभापति हिरा गुरुङ, तरुण दलका केन्द्रिय प्रतिनिधी सुरेन्द्र सेन ठकुरी, महिला संघ जिल्ला उपसभापति चन्द्रकला भट्टराई लगायतले बोल्नुभएको थियो । उहाँहरुले पार्टीले भातृ संठनलाई चुनावको बेला मात्रै नभएर अरु बेला पनि चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो ।