भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    एजेन्सी : भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । 

    पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २ लाख ३४ हजार ६९२ थियो । 

    पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५०१ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।  

    भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको तथ्यांक छ ।