पदमुक्त भएकोमा अत्यन्तै खुसी छु : अमिक शेरचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पदमुक्त भएकोमा अत्यन्तै खुसी छु : अमिक शेरचन

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    पाेखरा : गण्डकीको प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले अहिलेको राजनीतिक दिशा निरंकुशतातर्फ उन्मुख भएको बताउनुभएकाे छ । सोमबार पदबाट बर्खास्त हुनुभएका शेरचनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै अधिकारबिहीन भएर पदमा बसिरहनु भन्दा यसबाट मुक्त हुनु नै उपयुक्त भएको भनाइ राख्नुभयाे ।

    ‘पदमुक्त भएकोमा अन्यतै खुसी छु। राष्ट्रपति ज्यूलाई मुरी मुरी धन्यवाद अधिकार बिहीन भएर जेलबाट मुक्त गरिदिएकोमा’ उहाँले भन्नुभयाे । आफूले सुरुमा यो पद अस्वीकार गरेपनि पार्टीका अनुशासित कार्यकर्ता भएकाले स्वीकार्न बाध्य भएको उहाँले दावी गर्नुभयाे ।

    संविधान अनुसार कुनै निर्णयमा प्रभाव पार्ने अधिकार आफूलाई नभएकाले आफूले सरकारलाई कुनै अप्ठेरो नपारेको उहाँको स्पष्टोक्ति छ । प्रदेश प्रमुखका हिसाबमा आफूले कुनै पक्षमा लागेर निर्णय नगरेकाे उहाँले बताउनुभयाे । राजीनामा मागेको भए आफूले सहजै दिनेमा जानकारीसम्म पनि नदिएर पदबाट हटाउनु आश्चर्य रहेको उहाँले बताउनुभयाे ।