तनहुँ : तनहुँको व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्दा डुबेर मङ्गलबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–२ घर भई हाल व्यास नगरपालिका–२ गणेशमानचोक बस्ने २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका अधिकारीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।