कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६ सयमा संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६ सयमा संक्रमण

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    काठमाडाै : कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ भने सात हजार ६६० जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ५५ जनाको ज्यान गएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको छ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा १६ हजार ७०२ जनाको स्वाब परीक्षण गर्दा सात हजार ६६० जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार ५८७ र ५७१ जनाको एन्टिजन परीक्षण गर्दा ७३ जनामा पोजिटिभ देखिएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ। सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ।