विवेकशील साझा स्वयंसेवकको रुपमा खट्न तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विवेकशील साझा स्वयंसेवकको रुपमा खट्न तयार

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    तनहुँ : कोभिडको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि विवेकशील साझा पार्टी तनहुँ स्वयंसेवकको रुपमा खट्न तयार भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पार्टीले कोभिडको नियन्त्रण र रोकथामका लागि सहयोग गर्न स्वयंसेवकको रुपमा खटिएर सरकारलाई सहयोग गर्न तयार रहेको जनाएको हो ।

    पार्टीका अध्यक्ष सागर घिमिरेले कठिन परिस्थितिसँग जुध्न सरकारको मनोबल उच्च होस् भन्दै आफूहरु आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताउनुभयो । कोभिडको नियन्त्रण र रोकथामका लागि सहयोग गर्नु सम्पूर्ण नागरिकको दायित्व भएको उहाँले बताउनुभयो ।

    No description available.