छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी

    रामबहादुर धामी

    २४ बैशाख २०७८, शनिबार


    तनहुँ जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा आफ्नो सन्तानको भावी सुरक्षाको लागि अभिभावकहरुले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको हो ।

    यसैक्रममा तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-३ निवासी भोला गंगजुले शनिबार आफ्नो छोरी संजिला गंगजुको १९ औं जन्मदिनको अवसरमा सावधिक जीवन बीमा अन्तर्गत १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिनुभएको छ ।

    युनियन लाईफ इन्स्योरेन्स आँबुखैरेनीका एजेन्सी म्यानेजर समेत रहनुभएका गंगजुले भविष्य सुनिश्चितताका लागि छोरीको जन्मदिनको अवसरमा १० लाख बराबरको बीमा पोलिसी उपहार दिएको युनियन लाईफ इन्स्योरेन्स आँबुखैरेनी शाखाका म्यानेजर सबिता भट्टराईले जानकारी दिनुभयो । गंगजुले यस अघि पनि आफ्नो जेठी छोरीको विवाहमा दाईजो स्वरुप एकमुष्ठ १० लाखको बीमा पोलिसी प्रदान गर्नुभएको थियो ।