घिरिङ र ऋषिङमा समेत सोमबारबाट निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    घिरिङ र ऋषिङमा समेत सोमबारबाट निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आइतबारको निर्णय अनुसार घिरिङ र ऋषिङका सम्पूर्ण भागमा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको हो ।

    यसअघि जिल्लाका आठ स्थानीय तह र ऋषिङ गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा गरिएको थियो । कोभिड सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

    यसअघि खाद्यान्नका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने भनिएकामा अब बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खुल्नेछन् । कार्यालयका अनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशुपंक्षीको उत्पादन र विक्री वितरण र निर्माण सामग्री पसल खुल्नेछन् ।

    निषेधाज्ञा-२०७८।१।२६