पूर्वमन्त्री भण्डारीले जित्नुभयो कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री भण्डारीले जित्नुभयो कोरोना

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    दमाैली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । एक साता अघि कोरोना सङ्क्रमित हुनुभएका पूर्वमन्त्री भण्डारीले आइतबार कोरोना जित्नुभएको हो ।

    कोरोना सङ्क्रमण भएपनि होम आइसोलेशनमा बस्नुभएका भण्डारीलाई श्वासप्रश्वासमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उहाँ आइतबार साँझ कोरोना जितेर घर फर्किनुभएको उहाँको सचिवालयले जनाएको छ ।