कोरोना सङ्क्रमणबाट तनहुँमा थप एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट तनहुँमा थप एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–१ निवासी ५७ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार ती महिलाको पोखरास्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको हो । उहाँमा वैशाख २७ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    यो सँगै कोरोना सङ्क्रमणबाट तनहुँका २९ जनाको मृत्यु भएको छ । शुक्लागण्डकीमा ६, भिमादमा ६, म्याग्देमा तीन, ऋषिङमा एक, आँबुखैरेनीमा दुई, व्यासमा दश र भानुमा एक जनाको मृत्यु भएको छ ।