तनहुँ उद्योग वाणिज्य सङ्घको कोभिड कोषमा पन्थको ५५ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य सङ्घको कोभिड कोषमा पन्थको ५५ हजार

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले स्थापना गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमा कृष्णजिवी पन्थले रु ५५ हजार सहयोग गर्नुभएको छ। व्यास नगरपालिका-१२ कमलाबारी घर भई हाल अमेरिका बस्नुहुने पन्थले उक्त कोषका लागि रु ५५ हजार सहयोग गर्नुभएको हो ।

    व्यक्तिगत रुपमा सहयोग गर्नेमध्ये पन्थ हालसम्मकै ठूला दाता हुनुहुन्छ । पन्थको सहयोगप्रति सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    उक्त कोषमा रु ६ लाख भन्दा बढी रकम सङ्कलन भएको छ । महाविपत्तिको घडीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, स्वयंसेवीहरु लगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशन कक्ष निर्माण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि उक्त कोष स्थापना गरिएको हो।