तनहुँ : तनहुँमा मङ्गलबार मात्रै ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
५० महिला र ६२ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँमा गरिएको एन्टिजेन परीक्षणबाट ६ जना सङ्क्रमित पहिचान भएका छन् ।
२ को मृत्यु
यस्तै तनहुँमा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । व्यास र देवघाटका एक/एक महिलाको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो ।
व्यास-३ की ७० वर्षीया महिलाको पोखरास्थित फेवासिटी अस्पतालमा मृत्यु भएको छ । उहॉमा जेठ २ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै देवघाट-५ की ६८ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको छ । उहॉमा जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि थियो ।