दुलेगौडा : नेकपा एमालेका युवा नेता पूर्णकुमार श्रेष्ठको हृदयघातबाट बुधबार बिहान निधन भएको छ। शु्क्लागण्डकी-४ दुलेगौडा निवासी श्रेष्ठको हृदयघातका कारण निधन भएको हो।
नेकपा एमाले शुक्लागण्डकी-४ का अध्यक्ष रहनुभएका श्रेष्ठ विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्थ्यो ।
श्रेष्ठको निधनप्रति नेकपा एमाले तनहुँका अध्यक्ष एवं निवर्तमान सांसद केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने लगायतले दुख व्यक्त गर्नुभएको छ ।