म्याग्दे : तनहुँको म्याग्देस्थित थर्पु बजार पॉच दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा केही खुकुलो बनाएपनि थर्पुमा भने औषधि पसल बाहेकका सबै पसल असार ९ गतेदेखि १४ गतेसम्म बन्द गर्न लागिएको हो ।
थर्पु बजार इकाई सभापति भीमलाल श्रेष्ठका अनुसार खाद्य सामग्री लगायत तरकारी पसल पनि बन्द गरिने भएको छ । उहॉले त्यस अवधिका लागि खाद्यान्न तथा तरकारीजन्य वस्तु खरिद गर्न आज दिनभरको समय रहेको बताउनुभयो ।