तनहुँ : तनहुँमा ६२ सहित शनिबार गण्डकी प्रदेशमा ३ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका २७ महिला र ३५ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तनहुँमा मृत्यु सङ्ख्या शुन्य छ ।
मुस्ताङ र मनाङमा शनिबार सङ्क्रमित सङ्ख्या शुन्य छ । म्याग्दीमा ३३, पर्वतमा एक, गोरखामा ६, लमजुङमा ४१, कास्कीमा १ सय १२, बागलुङमा १७, स्याङ्जामा १४ र नवलपुरमा ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी शनिबार तीन सङ्क्रमितको मृत्यु भएको छ । नवलपुर र बागलुङका सङ्क्रमितको मृत्यु भएको हो ।