भानु-५ मा ६ घर विस्थापित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु-५ मा ६ घर विस्थापित

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    तनहुँ: तनहुँको भानु नगरपालिका-५ मा बाढीपहिरोले ६ घर विस्थापित भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण उक्त वडाका बारीफॉट, सेपाबगैचा, रानीपानी एवं गरमभन्ज्याङमा ६ घर विस्थापित भएका हुन् ।

    बाढीपहिरोले वडाका मुख्यमार्ग भगवती रङ्गथ, भानु मार्गको बाङ्गेरह, वाराही मार्गमा क्षति पुगेको वडासदस्य दिपक थापाले जानकारी दिनुभयो । साथै पुरनडिही नगर अस्पतालको पर्खाल भत्किनुका साथै देउराली खोलाले पन्चनगर क्षेत्र प्रभावित पारेको छ ।

    उहॉका अनुसार विभिन्न ठाउँका धानबालीमा समेत क्षति पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा वडाको तर्फबाट अनुगमनको तयारी भइरहेको बताउँदै उहॉले सुरक्षित रहन वडावासीलाई आग्रह गर्नुभयो ।