मुग्लिन-नारायणगढ खण्डमा ६ ठाउँमा पहिरो, प्रहरीले भन्यो ‘खुल्न समय लाग्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन-नारायणगढ खण्डमा ६ ठाउँमा पहिरो, प्रहरीले भन्यो ‘खुल्न समय लाग्छ’

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    चितवन : केही दिनदेखि परेको निरन्तर वर्षाका कारण मुग्लिन नारायणगढ सडकखण्ड पटक-पटक अवरुद्ध भएको छ। वर्षाका कारण अवरुद्ध भएको सडक सुचारु गराइएपनि पहिरो जाने क्रम रोकिएको छैन ।

    यो सडकखण्डको थप ६ ठाउँमा पहिरो खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चौधकिलो, सेतिदोभान,पाँचकिलो, चारकिलो,घोप्टेभिर,कुरिन्टारमा पहिरो जॉदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । बाटो सुचारु गराउन समय लाग्ने देखिएकाले अत्यावश्यक र इमरजेन्सी सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।