म्याग्दे : म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले हालै आएको बाढीपहिरोबाट पीडित परिवारलाई भेटघाट गरेका छन् । गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नम्बर ३ का वडाध्यक्ष श्रीबहादुर थापा, कार्यपालिका सदस्य बद्रीका घिमिरे, वडा सदस्य उजेली विक र उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले बाढी पीडितलाई भेटघाट गर्नुभएको हो ।
वडा नम्बर ४, ५ र ६ वडाका परिवारलाई भेटघाट गरि आवश्यक विवरण लिइएको अध्यक्ष रानाले बताउनुभयो । म्याग्दे-५ को भिमाद पुलमाथि १३ घर पहिरोको जोखिममा रहेका छन । गाउँपालिकाभित्र वर्षा र पहिराले के कस्तो क्षति पुगेको छ भनेर सबै वडाका जनतालाई भेटघाट गरेकाो उपाध्यक्ष घिमिरेले बताउनुभयो । विपदबाट क्षति पुगेकालाई आवश्यक सहयोग गर्ने उहॉले जानकारी दिनुभयो ।