जातीय विभेद आरोपमा रुपाद्वारा शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जातीय विभेद आरोपमा रुपाद्वारा शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    काठमाडाै : जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराउनुभएकाे हाे ।

    थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उहाँले प्रहरीमा जाहेरी दिनुभएकाे थियाे । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुग्नुभएकाे थियाे ।

    शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गर्नुभएकाे हाे ।