तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशनमा लागि आफूलाई सहयोग गर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । आफ्नै गृहजिल्लाका केन्द्रीय नेताहरुसँग आइतबार काठमाडौमा छलफल गर्दै वरिष्ठ नेता पौडेलले यो पटक पार्टीको सभापतिका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
आफूले सदैव न्यायको पक्षमा राजनीति गरेको भन्दै पौडेलले भने, “मैले कहिलेपनि कसैलाई तेरो मान्छे र मेरो मान्छे भनेको छैन, सबैलाई समान व्यवहार गरेको छु । यो पटक मेरो पक्षमा वातावरण बनिरहेको छ, सबैले सहयोग गर्नुप¥यो ।”
उक्त छलफलमा काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, गाेविन्द भट्टराई, प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले सहभागी थिए । सहभागी नेताहरुले पौडेलको प्रस्तावमा आफूहरु सकारात्मक रहेको बताएका थिए । पहिला आफ्नो टिम मिलाएर आए सहयोग गर्न तयार रहेको नेताहरुको भनाई थियो ।
सो क्रममा तनहुँको विकास निर्माण, मुलुकको राजनीति लगायतका विषयमा पनि छलफल भएको वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।