ऋषिङका २१ पहिरो पीडित परिवारलाई राहत वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङका २१ पहिरो पीडित परिवारलाई राहत वितरण

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७८, बुधबार

    ऋषिङ: नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको पहल र संयोजनमा ऋषिङका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । गत असार २४ गतेको पहिरो पीडितका लागि नेपाल रेडक्रस सोसाइटी तनहुँबाट प्राप्त त्रिपाल, लत्ताकपडा, भाडाकुडा, मृतकका परिवारका लागि संकलित नगद, खाद्यान्न, तउवासं दमौली बजार एकाइद्वारा संकलित कपडा, जुत्ता चप्पल लगायतका सामग्री बुधबार वितरण गरिएको हो ।

    नेपाल रेडक्रस तनहुँकी मन्त्री चिनु पोखरेलको विशेष उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।राहत प्राप्त गर्ने पूर्ण घर क्षति भएका परिवार रहेको कोटदरबार उपशाखा सभापति इन्द्र बहादुर आलेले जानकारी दिए ।

    ऋषिङ-७ दधिवन, बॉझोगैरा, चेलोक्मा र छतिवनका पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।

    सोही क्रममा पहिरोबाट ज्यान गुमाएकी देवीसरा थापाको परिवारलाई तउवासङ्घ दमौली बजार एकाइबाट प्राप्त सात हजार पॉच सय र रेडक्रस कोटदरबार उपशाखाका सभापति आलेबाट चार हजार नगद हस्तान्तरण गरियो ।

    उक्त अवसरमा उपशाखाको तर्फबाट पनि मृतकको परिवारलाई पॉच हजार सहयोगको प्रतिबद्धता व्यक्त गरिएको सचिव कविराज श्रेष्ठले जानकारी दिए ।

    यसअघि अर्का मृतक ऋषिङ-८ माझकोटका खुमबहादुर आलेको परिवारलाई तउवासं दमौली बजार एकाइ र कोटदरबार उपशाखा सभापतिले प्रदान गरेको सात हजार पॉच सय र ६ हजार तथा उपशाखाको तर्फबाट पॉच हजार प्रदान गरिसकिएको छ ।