नेतृत्व आफैमा सहज हुँदैन । असहज अवस्थामा समाज, देश को नेतृत्व केवल विचारले मात्र गर्दछ, नकि अरुले । नेतृत्वको दायरा सिमित हुदैन, यसको आयाम फराकिलो हुने गर्दछ । आवश्यकताले नेतृत्वको खोजी गर्दछ, तर त्यो खोजीमा विचार प्रधान हुनुपर्दछ । विचार विनाको नेतृत्व भनेको विना लगामको घोडा जस्तै हो, जुन जतिखेरा पनि घातक वन्न सक्दछ । नेपालमा देखिएको घटनाक्रम पनि विचार विनाको राजनिती हुन्, जसका कुनै अर्थ छैन । यहि विचार विनाको राजनितीले नेपालको समग्रतालाई नै धुमिल वनाईदिएको छ ।
नीति प्रधान हुनुपर्ने अवस्थामा जव नेतृत्व आत्माकेन्द्रित र स्वार्थतामा अल्झिन्छ, त्यसले सिगो देश र जनतालाई नै असर गर्दछ । व्यक्ति आफुलाई नै केन्द्रमा राखेर गरिने नेतृत्वको आयु भनेको अल्पायु हो । जसले लामो समय नेतृत्व गर्न सक्दैन । विचार विनाको राजनिती मिथ्या मात्र हो, कुष्ठा र आवेगमात्र हो । जुन राजनीति हैन, लाजनीति हाे ।
राजनीतिकाे मुल मर्म र मान्यता नै थाहा नभएकाहरु नेपालको नेतृत्वमा हावी वनिदियो । राजनिती के र कसका लागी भन्नेहरु नेतृत्वको मसिहा वनिदिए । विचार विनाको नेतृत्वले क्षणिकतामा प्रभाव पारेता पनि त्यसले दीर्घकालिन रुपमा पार्ने प्रभावका वारेमा न त जनता नै जानकार रहे, न त नेताहरु नै जसले गर्दा नेपालको राजनैतिक व्यवस्था नै उथुलपुथल वनाईदियो ।
विचार आफैमा फराकिलो हुन्छ, त्यसभित्र सामुहिकता रहेको हुन्छ, । समानता, आर्थिक विकास, चेतनामा उच्चतम, सकारात्मक सोच र विकासउन्मुख धारणा विचारका सुन्दर पक्ष हुन् । दुरदुष्टिको अनुपमता विचार भित्र लुकेको हुन्छ । परिवर्तनको संवाहक विचारको अभिन्न अंग हो । सामुहिकता भित्रको नेतृत्व नै विचारको विम्व हो । स्वार्थता र व्यक्तिकेन्द्रित सोच विचारको उच्चतम स्वरुप हैन । विचारको नेतृत्व चेतनाले गर्दछ, चेतनामा विकास हुनुका लागी स्वार्थता त्याग्नु पहिलो काम हो । यहि भित्रको दायरामा रहेर नेतृत्वले नेतृत्व गरेमा परिवर्तन र समृद्धी टाढा छैन ।
अनुकुलता खोज्नेहरु चेतनाविहिन विचारका विम्व हुन् । जसले नेतृत्व गर्न सक्दैनन । विचार व्यक्तिको निजि स्वतन्त्रता भएता पनि नेतृत्वकर्ता हुन सक्दैन । नेपालको राजनैनितक दल र त्यसका नेतृत्वले जनि नै समाजवाद र साम्यवाद भनेता पनि त्यसको कुनै अर्थ छैन, जवसम्म नेतृत्वकर्ताका चेतनामा विचार प्रधान वन्न सक्दैन । लेखिने र वोलिनेको वीचमा आकाश जमिनको अन्तर हुन्छ, त्यो समेत भेउ नपाउनेहरुको पछाडी आम जनता लाग्दा सम्पुर्ण जनताको विवेक नै वन्धक भएको छ, । यसका लागी वौद्धिक आन्दोलनको आवश्यकता छ । वौद्धिकताको आयामभित्र परिवर्तनको सोच र विचार हुनु अत्यावश्यक रहेको छ । नेपालको राजनितीमा हेर्ने हो भने विचारको नेतृत्व गर्नेहरु विचारविहिन नेतृत्वको गुलामी वन्न अभ्यस्त रहेका छन् । जुन नेपालको लागी नै घातक पक्ष हो ।
नेतृत्वको योग्यता, क्षमता र कुशलता विना पछाडी लाग्नेहरु हामी जनताहरु नै भेडा छौ, जसका भरपुर फाईदा नेताहरुले लिईरहेका छन् । राम्रो र नराम्रोलाई समेत व्यक्त गर्न नसक्नेहरु समाजका वौद्धिक तथा प्राज्ञिक व्यक्तिहरु निजि जीवनमा मात्र उत्तरदायी वन्ने र समाजिक उत्तरदायित्ववाट विमुख रहनेहरु पनि परिवर्तनका वाधक हुन् । जसले नकारात्मक टिप्पणी गर्न सक्दछन्, तर नेतृत्व लिने आँट गर्न सक्दैनन । जसले गर्दा उनिहरु समाजका लागी झन प्रतित्पादक वनिदिन्छन् ।
त्यसो भए विचारको नेतृत्प कसरी गर्ने ? यसका लागी संकल्प र आत्माविश्वास नै मुख्य कडि हो । आफुभित्रको आत्माविश्वालाई विश्वास गर्ने हो भने देश र समाज परिवर्तनका लागी गाह्रो हुदैन । आफैमा भएको योग्यता र क्षमता लाई प्रयोग नगर्ने र विश्वास नगर्नेहरुको भीडमा नेतृत्वकर्ताले हामीलाई एक अर्का वीचमा खेलेको पत्तो नै हुदैन । जसले गर्दा हामी स्वनिर्भर हैन, परनिर्भर वन्दछौ । जव हामी परनिर्भर वन्दछौ, त्यसपछि अर्काको मुख ताक्नु र जयजकार गर्नुको विकल्प छैन । सवैको आर्थिक, भौतिक तथा चेतनाकोस्तर समान नभएता पनि सोचको विविधीकरणलाई मात्र एकत्रित गरेर आफनो महत्व देख्ने हो भने हामीहरु परनिर्भर वन्नुपर्ने र कसैको दास हुनुपर्ने अवस्था हुदैन । यतिमात्र गर्न सकियो भने उच्चतममा आधारित नेतृत्व र राजनितीको विकास हुन्छ, जसले गर्दा परिवर्तनका ढोका खुल्दछ ।
आफैभित्रको क्षमतालाई वन्धक राखेर कसैको पिछलग्गु भनेको दास वन्नु शिवाय केही होईन । विचारको भण्डार अथाह हुन्छ, तर त्यसको प्रयोग भने हामी गर्न सक्दैनौ । त्यसैले गर्दा आफुलाई केही होईन भन्ने सोचले मानसिकतामा नकारात्मक प्रभाव पार्दछ, त्यसपछि जव आफैलाई आफनो खुट्टामा विश्वास हुदैन र परनिर्भरतामा उन्मुख रहन्छौ । अहिलेको हाम्रो अवस्था भनेको यो भन्दा फरक छैन ।
नेपालको परिवेशमा जो पनि नेता र नेतृत्व भयो । जसको उदय पनि हामीले नै गरायौ । आफैभित्रको क्षमतामा विश्वास नहुने भएपछि अर्काको पछि लाग्नु वाध्यता वनिदियो । नेता र नेतृत्व आफैमा नराम्रो हैन र यो यति विकाउ र सस्तो पनि छैन । तर पनि विचार विहिनताको पराकाष्ठले वैचारिक रुपमा आफुभन्दा तल्लो स्तरको व्यक्तिलाई नै नेता र नेतृत्व मान्नुपर्ने र तिनीहरुको नै पिछलग्गु वन्नुपर्ने वाध्यता वनिदियो ।
व्यक्तिको मालिक उ आफै स्वयं हो, तर त्यो हेक्का जनतालाई भएन, न कि वुद्धिजिवी भनाउँदाहरुलाई । जसले समाजमा दिनुपर्ने समाजिक योगदान वाट विमुख वनिदियो भने व्यक्तिगत उपलव्धीलाई विकासको रुपमा ग्रहण गरिदियो । यति धेरै धुमिलको विचमा विचार विनाको नेतृत्व नै नेता वनिदियो । आम जनताको यो कमजोरीमा आफनो भविश्य खोज्नेहरुले विचारको वन्धक वनाईदियो । जुन हामी अनुसरण गरेर समाज वन्धक वनाउने नेतृत्व गर्ने होडवाजीमा रमिरहेका छौ ।