बन्दिपुर : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत बन्दिपुरको गाउँ सभापतिमा कर्ण खत्री निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा खत्री ६७ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका प्रतिस्पर्धी वैश गुरुङले ४५ मत प्राप्त गरेका छन् । एक मत भने बदर भएको थियो । सभापतिमा निर्वाचित खत्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निकट मानिन्छन् ।
यसैगरी उपसभापति पदमा कृष्णराज अधिकारी र गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् । अधिकारीले ७२ र गुरुङले ९३ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार घनश्याम उपाध्यायले ४५ मत प्राप्त गरेका छन् ।
अन्य पद भने सर्वसम्मत भएको छ । सचिवमा कर्णबहादुर गुरुङ र सुनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा चन्द्रबहादुर कार्की र रामचन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सदस्य पदहरुमा पनि निर्विरोध निर्वाचित भएका छन् ।