ऑबुखैरेनी अध्यक्ष थापा गण्डकी साक्षर घोषणा समितिको सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी अध्यक्ष थापा गण्डकी साक्षर घोषणा समितिको सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७८, मंगलवार

    दमौली : ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा गण्डकी प्रदेश साक्षर घोषणा समितिको मूल समारोह समितिको सदस्यमा मनोनित भएका छन् ।

    प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले थापालाई मूल समारोह समितिको सदस्यमा मनोनित गरेको हो ।

    समितिको मूल संयोजक मन्त्री मेखलाल श्रेष्ठ छन्। प्रदेशको भदौ ३० को बैठक अनुसार प्रदेशलाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको छ ।