


दमाैली : नेकपा एमाले तनहुँले जिल्लाका वडाहरुमा शनिबार एकैदिन अधिवेशन गरेको छ । देशभर एकैसाथ शुरु भएको वडा अधिवेशन अन्तर्गत जिल्लाका दश स्थानीय तहका ८५ वडामा अधिवेशन सम्पन्न भएको हो ।
त्यसमध्ये अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार ९५ प्रतिशत वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । बाँकी वडाहरुमा भने सर्वसम्मतको पहल भइरहेको सिग्देलले बताए । “भोलिसम्म सर्वसम्मतको लागि समय दिइएको छ, सर्वसम्मत नभए लोकतान्त्रिक प्रकृया अगाडी बढ्छ,” सिग्देलले भने ।
एमालेले आइतबार दिउँसो ४ बजेसम्म सबै वडा कमिटीको विवरण जिल्लामा पेश गर्न निर्देशन दिएको छ । जिल्लाले खटाएका प्रतिनिधिले प्रतिवेदन पेश गर्नेछन् ।