रोटरी न्यातपोलको सडक सुरक्षा सम्बन्धि सचेतता कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रोटरी न्यातपोलको सडक सुरक्षा सम्बन्धि सचेतता कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७८, शनिबार

    काठमाडौ : रोटरी न्यातपोलले सडक सुरक्षा सम्बन्धि सचेतता कार्यक्रम सम्पन्न गरेको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी न्यातपोलका सामाजिक सेवा समितिका सम्योजक प्रवीण महर्जनले बताए ।

    काठमाडौको अलोफ्ट होटलमा सनिवार बिहान आयोजना गरिएको कार्यक्रममा रोटरी क्लब अफ दरवारमार्गका सदस्य नुगल बैद्यले सडक सुरक्षाको बिषयमा प्रशिक्षण दिएका थिए । सडक दुर्घटना मानबिय लापरबाही गरेका कारण दुर्घटना बढि भएका कारण चालकहरु मुख्य सचेत हुनुपर्ने बैद्यले बताए ।

    स्थानिय सरकारले सडक सुरक्षामा अझ ध्यान दिएर अभियान बढाउन सकेमा सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बैद्य बताउँछन् । बिदेशमा हुने दुर्घटना समेतलाई मद्यनजर बिदेश जाने नेपालीलाई रोड सुरक्षा सम्बन्धि सचेतना दिन आवस्यक रहेको बैद्यको तर्क छ ।

    रोटरी न्यातपोल डेढ बर्ष अगाडि सामाजिक सेवाको भावले प्रेरित भइ रोटरी इन्टरनेशनल मातहत स्थापना भएको सँस्था हो ।