दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१० मा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । मंगलबार भएको भेलाले श्रीराम पौडेलको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा क्षेत्रबहादुर मानन्धर, भुमिकला थापा, सचिवमा युक्तबहादुर थापा, उपसचिवमा गोविन्द थापा चयन भएका छन् ।
यस्तै केशकुमार गुरुङको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिलबहादुर थापा, सचिवमा विशाल सुनार, कोषाध्यक्षमा सरोज भुजेल चयन भए ।
कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय सदस्य रेखा थापा बस्यालले हरेक पाँच वर्षमा जनतालाई जनप्रतिनिधि चयन गर्ने अवसर प्राप्त हुने भएकाले चुनाव चिह्नलाई नभई असल पार्टी र उम्मेद्वारलाई चयन गर्न अनुरोध गरिन् । अब समाजवादी पार्टी कलम चिह्न लिएर जनताको माझ आउने उनले जानकारी गराईन् । उनले जनताको मतको कदर गर्ने पार्टी एकीकृत समाजवादी भएको अमूल्य मत दिन आग्रह गरिन् ।
सो अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चित्र थापा, जिल्ला कमिटी उपाध्यक्ष थमनबहादुर आले, शुक्लागण्डकी नगर कमिटी अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, सचिव कमल ढकाल, जिल्ला कमिटी सदस्य रामबहादुर थापा क्षेत्री, रामकुमार श्रेष्ठ, श्रीराम पौडेल, झम्कबहादुर महत, सन्तोष वाग्ले लगायतले बोलेका थिए । धनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा संघ तनहुँका जिल्ला अध्यक्ष जिवन भट्टराईले र स्वागत युक्तबहादुर थापाले गरेका थिए ।