काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अन्तर्गत अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । चार हजार ६७२ मत खसेकोमा श्रेष्ठ १६४० मत ल्याएर विजयी भएका हुन् ।
अपांगता भएको खुला पदका लागि १२ जनाको उमेदवारी परेको थियो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ (९) बमोजिम श्रेष्ठ निर्वाचित भएका हुन् ।